आफुलाई किभबाट बाहिर निकालिदिने अमेरिकाको प्रस्ताव युक्रेनी राष्ट्रपतिले अस्वीकार गरे

डिसी नेपाल
१४ फागुन २०७८ १३:१४
2.5k
Shares

काठमाडौं। अमेरिकाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई देश छाडेर भाग्न भनेको छ । तर, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने आफूलाई युक्रेनबाट बाहिर निकाल्ने अमेरिकाको प्रस्ताव अस्वकिार गरेका छन् । अमेरिकी मिडियाले यसको जानकारी दिएका हुन् ।

समाचार एजेन्सी एपीले एक बरिष्ठ खुफिया अधिकारीको हवाला दिँदै लेखेअनुसार राष्ट्रपति जेलेन्स्कीले भने ‘लडाइँ यहाँ छ । मलाई हतियारहरुको आवश्यकता छ सवारीको होइन ।’ अमेरिकी अखबार वाशिङटन पोस्टले अमेरिकी र युक्रेनका अधिकारीको हवाला दिँदै लेखेको छ कि अमेरिकी सरकार राष्ट्रपति जेलेन्स्कीको सहयोगको लागि तयार छ ।

रुसको आक्रमणप्रति राष्ट्रपति जेलेन्स्कीको प्रतिक्रियाका कारण सामाजिक संजालमा उनको निकै प्रशंशा भइरहेको छ । उनले आफ्नो भाषणमा रुससँग लडिरहने शपथ लिएका थिए । उनले भनेका थिए ‘जब तपाइँ हामीमाथि आक्रमण गर्नुहुन्छ, हामी तपाइँको सामना गर्नेछौं, पिठ्युँ देखाउने छैनौं ।’

उनले शुक्रबार एउटा भिडियो पनि पोस्ट गरेका थिए । भिडियोमा राष्ट्रपति जेलेन्स्की आफ्ना सहयोगहिरुको साथमा राजधानी किभमा देखिएका छन् । उनले युक्रेन छोडेको खबरहरु उनले खारेज गरेका थिए । राष्ट्रपति जेलेन्स्कीले भनेका थिए ‘हामी सबै यहाँ छौं र यो यस्तै रहनेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *