युक्रेनको मेलितोपोल सहरमा रुसको कब्जा, युक्रेनी राष्ट्रपतिले भने ‘आत्मसमर्पण गर्दैनौं’
काठमाडौं। रुसका सैनिकले युक्रेनको दक्षिणमा रहेको मेलितोपोल नामको सहरमा कब्जा गरेको छ । युक्रेनी समाचार एजेन्सी इन्टरफ्याक्स र रुसी समाचार एजेन्सी स्पुतनिकले देशको रक्षा मन्त्रालयको हवाला दिँदै यो समाचार दिएका हुन् । युक्रेनको दक्षिणी प्रान्त जपोरिज्यामा रहेको सहर मेरितोपोल देशको एक महत्वपूर्ण बन्दरगाह मारिउपोलको नजिकै छ ।
Не вірте фейкам. pic.twitter.com/wiLqmCuz1p
— Володимир Зеленський (@ZelenskyyUa) February 26, 2022
यही बीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्वीटरमा आफ्नो एउटा भिडियो पोस्ट गरेका छन् जुन भिडियो उनी आफूंले रेकर्ड गरेका छन् । जेलेन्स्कीले राजधानी किभको सडकमा हिँड्दै यो भिडियो रेकर्ड गरेका छन् । उनले यो भिडियो सम्भवतः यो हल्लाको जवाफ दिनका लागि बनाएको अनुमान गरिएको छ जुन हल्लामा उनले आफ्नो सेनालाई रुसको अगाडि आत्मसमर्पणको आदेश दिएको दावी गरिएको थियो ।
भिडियोमा राजधानी किभको गोरोडेट्स्की हाउस अगाडि सडकमा हिँडिरहेका जेलेन्स्कीले भन्छन् ‘इन्टरनेटमा निकै धेरै गलत सूचना दिइँदैछ कि मैले हाम्रो सेनालाई आत्मसमर्पण गर्ने आदेश दिएको छु र मानिसहरु बाहिर निस्किरहेका छन् । म यहीँ छु । हामीले आत्मसमर्पण गर्ने छैनौं । हामीले आफ्नो देशको रक्षा गर्नेछौं ।’







डिसी नेपाल







Facebook Comment