‘रुसका ३५ सय सैनिक मारिए’
काठमाडौं। युक्रेनको सेनाले आफ्नो देशमा गरिएको आक्रमणमा संलग्न रुसका ३५ सय सैनिक मारिएको दावी गरेको छ । युक्रेनले २ सय रुसी सैनिकलाई बन्दी बनाएको पनि दावी गरेको छ । सेनाले आफ्नो फेसबुक पेजमा यसको जानकारी दिएको हो ।
युक्रेनी सेनाका अनुसार अहिलेसम्म रुसका १४ विमान, ८ वटा हेलिकप्टर र १०२ वटा ट्यांक ध्वस्त पारिएको छ । तर, युक्रेनी सेनाको यो दावीको पुष्टि कुनै पनि अन्तर्राष्ट्रिय मिडियाले स्वतन्त्र रुपमा गर्न सकेका छैनन् । रुसले अहिलेसम्म यस्तो कुनै नोक्सानीको जानकारी दिएको छैन ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment