युक्रेनको राजधानी किभमा नयाँ कर्फ्यू, घरबाहिर निस्किनेलाई ‘दुश्मनको साथी’ मानिने

डिसी नेपाल
१४ फागुन २०७८ १९:०२
328
Shares

काठमाडौं। युक्रेनको राजधानी किभमा स्थानीय समयअनुसार बेलुकी ५ बजेदेखि बिहान ८ बजेसम्म नयाँ तरिकाले कर्फ्यु लागू गरिएको छ । यसअघि किभमा राती १० बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू लगाइएको थियो ।

किभका मेयर भिटाली क्लिट्सकोले ट्वीटरमा नयाँ कर्फ्युको घोषणा गर्दै चेतावनी पनि जारी गरेका छन् । उनले चेतावनी दिँदै लेखेका छन् ‘कर्फ्यूको क्रममा डिकमा देशिने कुनै पनि सहरबासीलाई दुश्मनको तोडफोड गर्ने समूहको सदस्य मानिनेछ ।’

शनिबार बिहानै किभका कैयौं क्षेत्रमा विष्फोट भएको समाचार आएको थियो । साथमा कैयौं स्थानमा सडकमा संघर्ष भएको खबर पनि आएको थियो । किभमा दुई मिसाइल आक्रमण भएको पनि खबर आएको थियो । यीमध्ये एउटा मिसाइल आवासीय अपार्टमेन्टमा लागेको थियो । यद्यपि केहीबेर पहिले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक भिडियो सन्देशमा आफ्नो सेनाको किभ र आसपासका क्षेत्रमा पूर्ण नियन्त्रण रहेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *