रुसी प्याराट्रुप्स बोकेको विमान खसालिदिएकाे युक्रेनी सेनाकाे दाबी

डिसी नेपाल
१५ फागुन २०७८ ८:४१
1.1k
Shares

किभ। युक्रेनी सेनाले रुसी सेना चढेको एउटा सैन्य विमान राजधानी किभ नजिकै खसालिदिएको दाबी गरेको छ। रुसी प्याराट्रुप्स सवार विमानलाई किभबाट ४० किलोमिटर दक्षिणमा रहेको सहर भासीलकिभनजिकै खसालिदिएको युक्रेनी सेनाले दाबी गरेको छ । यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ। रुसी सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन।

विमानबाट प्यारासुटमार्फत सेनालाई झार्ने खोजीरहेका बेला रुसी आइएल–७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिवार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा जनाएको छ।

विमान निर्माता कम्पनीका अनुसार आइएल–७६ एमडीले १६७ जना सैनिक र बढीमा ७ जनासम्म चालक दलका सदस्य बोक्ने क्षमता राख्छ ।
युक्रेनका सैन्य कमान्डरले आफ्नो फेसबुक पेजमा रुसी सैन्य विमान खसालेको संकेत गर्र्दै सन् २०१४ मा रुसले युक्रेनी विमान खसालेको घटनाको स्मरण गरेका छन् ।

यसैबीच शनिबार रुसी सेनाले गरेको हमलामा कुनै मानवीय क्षति नभएको समेत ती कमान्डरले दाबी गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *