जिल्ला अस्पताल लमजुङलाई एक करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

डिसी नेपाल
१५ फागुन २०७८ १२:३२

लमजुङ। जिल्ला अस्पताल लमजुङमा स्थापना भएको बाल उपचार कक्षलाई एक करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश पोखराको सहकार्य, सिआरएस नेपालको आर्थिक सहयोग र कारितास नेपालद्वारा कार्यान्वयन गरिएको कोभिड १९ को दोस्रो भेरियन्ट इमरजेन्सी रेस्पोन्स परियोजना अन्तर्गत उपचार कक्षलाई एक करोड २५ लाख ४८ हजार ४११ रुपियाँ बराबरको सामग्री सहयोग गरिएको हो ।

अस्पताललाई ३३ प्रकारका स्वास्थ्य सामग्री प्राप्त भएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार बालउपचार कक्षका लागि एबीसी मेसिन, फोटो थेरापी मेसिन, पीएमओ लाइन, स्टेचर, युएसबी मेशिन, ह्वील चियर, एक्सरे भ्यू बक्स, स्वास्थ्यमा गम्भीर समस्या भएका बालबालिकालाई राखेर उपचार गरिने मेशिन प्राप्त भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष मदन रानाले अस्पतालले गत वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्दै आएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *