रुस र युक्रेनबीच युद्ध हुँदा अमेरिका र क्यानडामा रक्सी प्रतिबन्ध !
काठमाडौं। युद्ध रुस र युक्रेनबीच चलिरहेको छ । तर, यो युद्धका कारण अमेरिकामा रक्सीमाथि प्रतिबन्ध लगाइएको छ । रुसलाई आर्थिक रुपले चोट दिने उद्देश्यले अमेरिका र क्यानडाका कैयौं राज्यहरुमा रुसमा बनेका र रुसी ब्राण्डेड भोड्कालाई बहिष्कार गर्न थालिएको हो । रुसी भोड्काको गुणस्तर विश्वमै उत्कृष्ट मानिन्छ । दुई देशबीचको युद्धले रुसी भोड्कालाई अमेरिकीहरुको दुश्मन बनाइदिएको छ ।
शनिबार अमेरिकी राज्य न्यू ह्याम्पशायरमा गभर्नर क्रिस सुनुनुले रुसमा बनेको र रुसी ब्राण्डेड भोड्का राज्यद्वारा संचालित मदिरा पसलहरुमा प्रतिबन्धित गरिने घोषणा गरे । ओहायोमा पनि गभर्नरले रुसी स्ट्याण्डर्ड भोड्काको खरिदलाई रोक्नको लागि यस्तै किसिमको घोषणा गरेका छन् । पसलेहरुलाई यस्ता भोड्काहरुलाई तत्काल काउन्टरबाट हटाउन भनिएको छ ।
क्यानडाले पनि रुसलाई भोड्काकै माध्यमबाट चोट दिने कोसिस गरिरहेको छ । युक्रेनमा रुसको आक्रमणको निन्दा गर्दै क्यानडाले पनि आफ्नो देशमा रुसी भोड्का र रुसी पेय पदार्थलाई प्रतिबन्ध लगाउन सुरु गरेको छ । क्यानडाले आफ्नो देशका व्यापारहिरुलाई रुसमा बनेका ब्राण्ड नबेच्न भनेको छ ।
रोयटर्सको एक रिपोर्टअनुसार मेनिटोबा र न्यूफाउल्याण्ड प्रान्तहरुमा मदिराका पसलहरुबाट प्राप्त जानकारी अनुसार उनीहरु रुसी स्पिरिटलाई हटाइरहेका छन् । क्यानडाको जबैभन्दा धेरै जनसंख्या भएको प्रान्त ओन्टारियोले पनि ओन्टारियो मदिरा नियन्त्रण बोर्डलाई सबै रुसी उत्पादनहरु फिर्ता लिन निर्देशन दिएको छ ।
ओन्टारियोमा मात्र रुसमा बनेका सबै उत्पादनहरुलाई ६७९ वटा स्टोरबाट हटाइनेछ । एनएलसी लिकर स्टोरले एक ट्वीटमा भनेको छ ‘न्युफाउल्याण्ड र लेब्राडोर मदिरा निगमले पूरै क्यानडामा अन्य मदिरा ज्युरिडिक्सनसँग मिलेर रुसी मूलका उत्पादनहरु आफ्नो स्टोरबाट हटाउने निर्णय गरेका छन् ।’क्यानडाले २०२१ मा रुसबाट ३.७८ मिलियन डलरको मदिरा र स्पिरिट आयात गरेको थियो । क्यानडामा ह्विस्कीपछि भोड्का दोस्रो लोकप्रिय मदिरा हो ।







डिसी नेपाल







Facebook Comment