युक्रेनमा फसेका भारतीयलाई लिन मोदीले आफ्ना ४ जना मन्त्री पठाउने

डिसी नेपाल
१६ फागुन २०७८ १३:३१
100
Shares

काठमाडौं। युक्रेनमा रुसले आक्रमण गरेपछि त्यहाँ फसेका आफ्नो देशका नागरिकलाई लिनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना ४ जना मन्त्री पठाउने भएका छन् । सरकारी सूत्रले सोमबार बीबीसी हिन्दीलाई बताएअनुसार प्रधानमन्त्री मोदीले युक्रेनका छिमेकी देशहरुमा ४ जना केन्द्रीय मन्त्री पठाउँदैछन् । ती मन्त्रीहरुले त्यहाँ बसेर युक्रेनमा फसेका भारतीयलाई त्यहाँबाट बाहिर निकाल्न सहयोग गर्नेछन् ।

सरकारी सूत्रले भनेको छ ‘केन्द्रीय मन्त्री हरदीप सिंह पुरी, ज्योतिरादित्य सिंधिया, किरण रिजिजू र जनरल भीके सिंह युक्रेनका छिमेकी देशको यात्रा गर्नेछन् ताकि विद्यार्थीहरुलाई सहयोग गर्न सकियोस् र मानिसहरुलाई निकाल्न सकियोस् ।’ यी मन्त्रीहरु भारतका विशेष दूतको रुपमा जानेछन् । युक्रेनको मौजुदा स्थितिका कारण त्यहाँ फसेका भारतीयलाई निकाल्ने विषयमा २४ घण्टामा दोस्रो पटक उच्चस्तरीय बैठक भएको छ जसको अध्यक्षता प्रधानमन्त्री मोदीले गरेका थिए ।

आइतबार बेलुकी उत्तर प्रदेशको कार्यक्रम सकेर फर्किएपछि प्रधानमन्त्री मोदीले विदेशमन्त्री एस जयशंकर, विदेश सचिव हर्षवर्धन श्रृंगला, क्याबिनेट सचिव राजीव गाबा र अन्य बरिष्ठ अधिकारीहरुसँग २ घण्टा बैठक गरेका थिए । प्रधानमन्त्री मोदीले बैठकका क्रममा उक पटक फेरि भारतीय विद्यार्थीहरुको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्ने कुरामा जोड दिएका छन् । उनले फसेकाहरुलाई निकाल्नु राष्ट्रको प्राथमिकता भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *