जासुसी गरेको आरोपमा १२ रुसी कूटनीतिज्ञ अमेरिकाबाट निष्काशित

डिसी नेपाल
१७ फागुन २०७८ १०:२१
56
Shares

वाशिङ्टन । अमेरिकी सरकारले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि कार्यरत १२ जना रुसी कूटनीतिज्ञलाई राष्ट्रिय सुरक्षाको कारण देखाउँदै देशनिकाला गरिएको जनाएको छ।

राष्ट्रसङ्घका लागि अमेरिकी नियोगले ती कूटनीतिज्ञलाई जासुस भन्दै पदको दुरुपयोग गरी उनीहरू जासुसीमा संलग्न रहँदै आएको बताएको छ।

एक प्रवक्ताका अनुसार ती रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्नेबारे महिनौँदेखि काम भइरहेको थियो।

राष्ट्रसङ्घका लागि रुसी राजदूतले अमेरिकी कदमबाट राष्ट्रसङ्घीय सिद्धान्तहरूको गम्भीर उल्लङ्घन भएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *