रूसी बख्तरबन्द गाडीहरूको ४० माइल लामो लस्कर किभतर्फ बढ्दै

डिसी नेपाल
१७ फागुन २०७८ १०:३१

काठमाडौं। रूसले युक्रेनको राजधानी किभमा सकेसम्म छिटो कब्जा गर्ने नियतका साथ सबै शक्ति लगाएर आक्रमण गर्न थालेको छ ।

भूउपग्रहसम्बन्धी कम्पनी म्याक्सआर टेक्नोलोजिजले सार्वजनिक गरेका तस्वीरमा रुसी बख्तरबन्द गाडीहरूको करिब ४० माइल लामो लस्कर युक्रेनको राजधानी किभतर्फ बढिरहेको देखिन्छ।

रुसी फौजहरूले युक्रेनको राजधानी किभमा फेरि आक्रमण थालेको युक्रेनी सेनाले जनाएको छ। “किभवरपर स्थिति तनावपूर्ण छ,” युक्रेनी सशस्त्र फौजका प्रमुखले फेसबुक पेजमा लेखेका छन्।

“शत्रुहरू लडाइँमा पराजित भइरहेको तथ्यबीच उनीहरूले सेना तथा गैरसैनिकमाथि प्रहार गरिरहेका छन्,” उनले थपेका छन्। उच्च प्रशिक्षित बेलारुसी सैनिकहरू रुसी अतिक्रमणमा सामेल हुने योजना रहेको पाइएको पनि सशस्त्र फौजका प्रमुखले बताएका छन्।

यसअघि सोमवार अमेरिकी विदेश मन्त्रालयले बेलारुसी फौजको गतिविधिबारे कुनै सङ्केत प्राप्त नभएको जनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *