संयुक्त राष्ट्रसंघमा भारतले भन्यो ‘युक्रेनबाट हाम्रा छिमेकी देशका नागरिकलाई पनि निकाल्छौं’

डिसी नेपाल
१७ फागुन २०७८ ११:१०

काठमाठौं। युक्रेनमा रुसले आक्रमण गरेपछि यस क्षेत्रमा उब्जिएको मानवीय संकटका विषयमा चर्चा गर्नको लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बसेको छ । यो बैठकमा भारतले युक्रेनसहित छिमेकी युरोपेली देशमा फसेका आफ्ना र छिमेकी देशका नागरिकलाई पनि त्यहाँबाट निकालिदिने प्रस्ताव गरेको छ । त्यहाँ नेपाली नागरिकहरु पनि फसेका छन् ।

भारतीय अखबार द हिन्दूमा प्रकाशित रिपोर्टअनुसार राष्ट्रसंघमा भारतका स्थायी प्रतिनिधि टिएस तिरुमूर्तिले मानवीय संकटबारे चिन्ता व्यक्त गर्दै युक्रेनको सीमामा भएका केही घटनाहरुको कारण भारतको बचाउ अभियान बाधित भएको बताए । तिरुमूर्तिले बैठकमा भारतले युक्रेनमा फसेका नागरिकहरुलाई निकाल्ने काममा विकासशील देश र आफ्ना छिमेकी देशहरुलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

टिएस तिरुमूर्तिले सुरक्षा परिषदलाई फसेका भारतीय नागरिक निकाल्न भारतले आफ्ना ४ जना केन्द्रीय मन्त्री पठाएको र उनीहरुको निगरानीमा उद्धार कार्य हुने जानकारी गराएका छन् । तिरुमूर्तिले भने ‘भारत यो कुराले धेरै चिन्तित छ कि युक्रेनमा स्थिति लगातार बिग्रिँदै गइरहेको छ । हामी हिंसालाई तत्काल बन्द गर्न र दुश्मनीलाई अन्त्य गर्ने आफ्नो आह्वान फेरि दोहोर्याउँछौं ।’

उनले अगाडि भने ‘हाम्रो सरकारको दृढ विश्वास छ कि कूटनीतिको बाटोमा फर्किनुका अलावा अन्य कुनै विकल्प छैन । हामी उक पटक फेरि दोहोर्याउँछौं कि सबै मतभेदलाई केवल इमान्दार र निरन्तर छलफलको माध्यमबाट हटाउन सकिन्छ ।’ तिरुमूर्तिले भारतले मार्च महिनामा युक्रेनका लागि मानवीय सहायता पठाउने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *