युक्रेनको खारकिभमा रुसको ठूलो मिसाइल आक्रमण

डिसी नेपाल
१७ फागुन २०७८ १४:४०

काठमाडौं। युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा रुसले ठूलो आक्रमण गरेको छ । यो आक्रमण फ्रिडम स्क्वायरस्थित सरकारी कार्यालयहरुलाई निशाना बनाएर गरिएको थियो । युक्रेनको सामाजिक संजालमा भाइरल भिडिोमा एक मिसाइल सरकारी भवनसँग गएर ठोक्किएको देख्न सकिन्छ ।

यसका कारण निकै भीषण विष्फोट भयो जसमा भवनलाई निकै ठूलो नोक्सानी भयो र गाडीहरु समेत उडे । आक्रमणपछिको भिडियोमा सिटी स्क्वायर नजिकैजलेका गाडहिरु र भग्नावशेष देख्न सकिन्छ । यो आक्रमण स्थानीय समयअनुसार बिहान ८ बजे भयो ।

यो आक्रमणमा कोही हताहत भएको जानकारी भने अहिलेसम्म सार्वजनिक भएको छैन । आक्रमणपछिको स्थिति देखाइएको भिडियोको आफूले पडताल गरेको बीबीसीले जनाएको छ । पछिल्ला केही दिनयता खारकिभमा भीषण लडाइ र बमबारी जारी छ । यो युक्रेनको दोस्रो ठूलो सहर हो । यहाँको जनसंख्या करिब १६ लाख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *