रुसी बख्तरबन्द गाडीको बढ्दो लस्करले किभमा त्रास

डिसी नेपाल
१७ फागुन २०७८ १७:१८
1.1k
Shares

काठमाडौं । युक्रेनी राजधानी किभतर्फ अघि बढ्दै गरेको रुसी बख्तरबन्द गाडीहरूको लामो लस्करको दृश्यले ‘विश्वले हेरिरहेको छ’ भन्ने उक्तिलाई नै एउटा बिल्कुल नयाँ र डरलाग्दो अर्थ दिएको छ।

वास्तवमै विश्वभरि सबैले यो लस्कर लम्कँदै गरेको देख्न सक्छन्। अनि प्राप्त विवरणहरू अनुसार सहरतर्फ पुग्दै गर्दा यो झनै विस्तार हुँदैछ। यी त्रासहरूका माझ युक्रेनका अन्य भागहरूबाट आएका खबरले झन् डर थपिरहेको छ।

सघन जनसङ्ख्या भएका ठाउँहरूमा रुसले मानिसहरूलाई खाना, पानी र अत्यावश्यक आपूर्ति रोक्ने ‘मध्ययुगीन तरिका’ अपनाउन थालेका विवरण आएका छन्। यो आक्रमण सुरु हुँदा शायद केही दिनमा वा अझ केही घण्टाभित्रै रुसको शक्तिशाली सेनाले किभ कब्जा गरिसक्ला भन्ने ठानिएको थियो।

तर छ दिन बितिसक्दा पनि युक्रेन झुकेको छैन। उसको सेनाले पश्चिमा हतियार र गोलीगठ्ठा प्रयोग गरेर चर्को प्रतिरोध मात्रै गरेको छैन। सर्वसाधारण नागरिकहरूले पनि बन्दूक उठाएका छन् अनि टोलटोलमा प्रतिकार गर्न तथा अग्रमोर्चामा खटिन थालेका छन्।

तर यो पछिल्लो लस्कर बिस्तारै राजधानीतर्फ अघि बढ्दै गरेको छ। विस्फोटका आवाज झन् झन् ठूला सुनिन थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *