अमेरिकाले युक्रेनको लागि अहिलेसम्म के–के गर्‍यो ?

डिसी नेपाल
१८ फागुन २०७८ ११:३०

काठमाडौं। युक्रेनमा रुसी आक्रमणपछि मंगलबार राती अमेरिकी संसदलाई सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिका फैसलाहरुबारे आफ्नो देश र संसदलाई जानकारी गराएका छन् । उनले आफ्नो भाषणको सुरुवात आफ्नो र अन्य देशको विदेश नीतिबाट गरे ।

युक्रेनमा रुसले आक्रमण गरेको ७ दिन भइसकेको छ । यस क्रममा अमेरिकाले युक्रेनको सहयोगको लागि केही कामहरु गरेको छ । अमेरिकाले युक्रेनलाई ३५ करोड डलर मूल्यबराबरका हतियार उपलब्ध गराएको छ । ५.४ करोड डलरको मानवीय सहायता रकम पनि जारी गरेको छ । केही रुसी बै.कहरुलाई विश्वव्यापी स्विफ्ट म्यासेन्जिङ सिस्टमबाट हटाएको छ ।

यसबाहेक केन्द्रीय रुसी बैंकलाई आफ्नो मुद्रा रुबललाई मूल्यको गिरावटबचा उचाउने काममा रोकेको छ । रुसका कुलीन तन्त्रका सदस्य वा समर्थक अर्थात ओलिगार्कको सम्पत्ति जफत गर्नको लागि ट्रान्स एटलान्टिक टास्क फोर्समा सहभागी भएको छ । रुसी विमान र रुसबाट संचालित विमानका लागि अमेरिकी हवाइ क्षेत्र बन्द गरिदिएको छ ।

ह्वाइट हाउसले संसदसँग आगामी केही महिनाको लागि आपतकालीन सहयोगको लागि अतिरिक्त ६.४ अर्ब डलर माग गरेको छ । यद्यपि बाइडेनले युक्रेनमा रुससँग लड्नको लागि अमेरिकाले आफ्ना सैनिक नपठाउने पनि प्रस्ट पारेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *