अमेरिकाको नजिकको छिमेकी देशले रुसमाथि प्रतिबन्ध लगाउन ठाडै अस्वीकार

डिसी नेपाल
१८ फागुन २०७८ १२:५६

काठमाडौं। मेक्सिकोका राष्ट्रपति आन्द्रे म्यानुएल लोपेज ओब्राडोरले उनको देशले युक्रेनमा आक्रमण गरेका कारण रुसमाथि कुनै आर्थिक प्रतिबन्ध नलगाउने प्रस्ट पारेका छन् । उनले सामाजिक संजाल कम्पनीहरुलाई पनि रुसको सरकारी मिडियाका सामग्री सेन्सर गरेको भन्दै आलोचना गरे ।

मंगलबार एक पत्रकार सम्मेलनमा लोपेजले भने ‘हामी कुनै पनि किसिमको आर्थिक प्रतिशोध लिन गइरहेका छैनौं किनकि हामी विश्वका सबै सरकारहरुसँग राम्रो सम्बन्ध राख्न चाहन्छौं । मेक्सिकोको सोच संसारका कैयौं देशहरुको भन्दा बिल्कुल अलग छ जसले युक्रेनमा आक्रमण गरेका कारण रुसमाथि कैयौं किसिमका प्रतिबन्ध लगाइसकेका छन् । अमेरिकासहित कैयौं देशहरुले खुलेर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कदमको आलोचना पनि गरेका छन् ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार मेक्सिकोका बामपन्थी नेता लोपेजले कैयौं पटक अमेरिकाको विदेश नीतिको आलोचना पनि गरेका छन् । यद्यपि अमेरिका र मेक्सिकोको सम्बनध निकै बलियो भएको मानिन्छ जबकि रुससँग मेक्सिकोको सम्बनध निकै सीमित मात्रै छन् । रोयटर्सका अनुसार मंगलबार अमेरिकी विदेश मन्त्री उन्टोनी ब्लिंकनले मेक्सिकोका विदेश मन्त्रीसँग फोनमा कुरा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *