युक्रेन आक्रमणका विषयमा ‘सहयोग’ गरेकोमा रुसले भारतलाई धन्यवाद दियो

डिसी नेपाल
१८ फागुन २०७८ १४:५३

काठमाडौं। भारतमा रुसका नयाँ राजदूतको रुपमा मनोनित गरिएका डेनिस अलिपोभले युक्रेनको स्थितिमा भारतको निष्पक्ष व्यवहार स्थितिको आंकलनको आधारमा भएको बताएका छन् । उनले भारतको यो व्यवहार भारत रुसका हतियारमा निर्भर भएको कारणले भने नभएको बताए ।

उनले भने ‘हामी भारतका रणनीतिक सहयोगी हौं । संयुक्त राष्ट्रसंघमा भारतले जुन सन्तुलित पक्ष अपनायो त्यसको लागि हामी भारतप्रति आभारी छौं । भारतले यो संकटको गहिराइलाई बुझेको छ ।’

डेनिस अपिलोभले अगाडि भने ‘हामी खारकिभ र पूर्वी युक्रेनका अन्य क्षेत्रमा फसेका भारतीयहरुलाई सुरक्षित निकाल्नको लागि भारतीय अधिकारीहरुको सम्पर्कमा छौं ।’ भारतले रुसका क्षेत्रबाट हुँदै भारतीयहरुलाई निकाल्ने अनुरोध गरेको छ । उनले यस्तो छिटै हुने विश्वास दिलाए । उनले युक्रेनका संघर्ष भइरहेका क्षेत्रमा फसेका भारतीयको लागि करिडोर बनाउने र सुरक्षित निकाल्नको लागि गम्भीरतासाथ काम भइरहेको बताए ।

मंगलबार एक जना भारतीय छात्रको खारकिभमा मृत्यु भएको छ । विदेश मन्त्रालयका अनुसार कर्नाटकका नवीन नामका छात्रको गोलाबारीमा मृत्यु भएको हो । भारतले युक्रेनका छिमेकी देशहरुको माध्यमबाट ठूलो संख्यामा भारतीयहरुलाई निकालिसकेको छ । यसको लागि अब वायुसेनाको पनि सहयोग लिइँदैछ । अझै पनि ठूलो संख्यामा भारतीय युक्रेनमा फसेको अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *