खार्किभको गोलाबारीमा कम्तीमा २१ जनाको मृत्यु

डिसी नेपाल
१८ फागुन २०७८ १६:१५

काठमाडौं । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले गरेको गोलाबारीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन्।

तर खार्किभ क्षेत्रका गभर्नरले भने रुसले गरेका सबै आक्रमणहरूको प्रतिकार गरिएको दाबी गरेका छन्।

रुसले खार्किभमा मङ्गलवार र रातभरि ठूलो आक्रमण गरेको थियो। गभर्नर ओले सिनेगुबोभले “शत्रुको पक्षमा ठूलो क्षति” भएको बताएका छन्।

रुसले लडाकु विमानबाट गोलाबारी गरेको थियो भने सैनिकहरू खार्किभका उत्तरी र पूर्वोत्तर भागबाट सहरभित्र प्रवेश गरेका थिए।

एउटा स्थानीय समाचारसंस्थाका अनुसार खार्किभस्थित क्षेत्रीय प्रहरी विभागको एउटा भवनमा रकेट आक्रमण गरिएको छ।

युक्रेन सरकारका एक सल्लाहकारले टेलिग्राममा प्रेषित गरेको भिडिओमा एउटा भवनमा आगो लागेको देखिन्छ।

एन्टन गेराशेन्कोका अनुसार उक्त आक्रमणपछि काराजिक विश्वविद्यालयमा पनि आगो लागेको छ।

बीबीसीले उक्त भिडिओको स्वतन्त्र पुष्टि गरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *