युक्रेनमा फेरि अर्का भारतीय विद्यार्थीको मृत्यु

डिसी नेपाल
१८ फागुन २०७८ १७:३४

काठमाडौं। रुस युक्रेन युद्धका क्रममा युक्रेनमा फेरि अर्का भारतीय विद्यार्थीको मृत्यु भएको छ । जानकारी अनुसार यी छात्र पंजाबका थिए । भारतीय मिडियाले स्रोतको हवाला दिँदै यी छात्रको मृत्यु भएको बताएका छन् तर भारतीय विदेश मन्त्रालयले यसको पुष्टि गर्न भने बाँकी छ । यी छात्रको मृत्यु बम विष्फोटमा, गोली लागेर वा अन्य कुनै कारणले भएकोबारे स्पष्ट हुन बाँकी छ ।

एक दिनअघि मंगलबार पनि युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको थियो । युक्रेनको खारकिभमा मेडिकल पढाइका लागि गएका कर्नाटकका नवीनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले पुष्टि गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *