रूसले अमेरिकालाई परमाणु युद्धको धम्की दियो
काठमाडौं । रुसले अमेरिकालाई परमाणु युद्धको धम्की दिएको छ । रुसका विदेशमन्त्री सर्गेई लावरोभले मस्कोमा एउटा प्रेस सम्मेलनमा बोल्ने क्रममा यस्तो चेतावनी दिएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिबन्धहरूको विकल्प तेस्रो विश्वयुद्ध हुने भनेको बताउँदै लावरोभले तेस्रो विश्वयुद्ध भए त्यो “परमाणु युद्ध” हुने चेतावनी दिए।
लावरोभका अनुसार तर त्यो कुरा ‘केवल पश्चिमा नेताको मस्तिष्कमा छ, रुसी जनताको मस्तिष्कमा छैन। यदि हामीविरुद्ध वास्तविक युद्ध सुरु भयो भने त्यस्तो योजना बनाउनेहरूले त्यसबारे सोच्नुपर्छ। मेरो विचारमा त्यस्तो योजना बनिसकेको छ।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment