अस्ट्रेलियाको सिड्नीमा ‘रेड अलर्ट’ जारी, २ लाख नागरिकलाई घर छाड्न आदेश

डिसी नेपाल
१९ फागुन २०७८ १७:१७

काठमाडौं। अस्ट्रेलियाको प्रमुख सहर सिड्नीमा ‘रेड अलर्ट’ जारी गरिएको छ । यहाँ करिब २ लाख बासिन्दालाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान आदेश दिइएको छ । यहाँ भारी वर्षा र बाढीका कारण यस्तो चेतावनी जारी गरिएको हो । अस्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको सहर सिड्नीमा आगामी २४ घण्टाभित्र आउन सक्ने तुफानका कारण भारी वर्षा हुने अलर्ट जारी गरिएको हो ।

न्यू साउथ वेल्सको राजधानी सिड्नीमा करिब ५ लाख मानिस बस्छन् । अधिकारहिरुका अनुसार अन्य ३ लाख मानिसहरु पनि घर छोड्नको लागि तयार रहनु पर्नेछ । सिड्नीबाट करिब ७३० किलोमिटर उत्तरमा रहेको सहर ब्रिस्बेनमा पनि जलस्तर बढेका कारण कैयौं घर डुबिसकेका छन् । बाढीमा अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ । यहाँको दक्षिण पूर्वी तटीय षेत्र बाढीबाट सबैभन्दा धेरै प्रभावित भएको छ ।

तीब्र रुपमा बढ्दो जलस्तरका कारण अधिकारीहरुले ४ सय किलोमिटरको तटीय इलाकामा भारी वर्षा र तीब्र हावाको चेतावनी जारी गरेका छन् । यसमा स्निी नजिकका साना सहर पनि समावेश छन् । तुफानले पूर्वी तटको साथै क्विन्सल्याण्डदेखि न्यू साउथ वेल्ससम्म दक्षिणतिरको बाटो समातेको छ । यही कारण यहाँ नदी र जलाशयबाट पानी ओभरफ्लो भइरहेको छ ।

सबैभन्दा धेरै जनसंख्या भएको न्यू साउथ वेल्समा बाढीले धेरै विनाश मच्चाएको छ । पानीको तीब्र बहावले कैयौं घरहरुलाईबगाएर लिएर गएको छ । न्यू साउथ वेल्सका सरकार प्रमुख डोमिनिक पेरोटेटले स्थिति तीब्र रुपमा खराब भइरहेको बताए । उनले स्थिति निकै बिग्रिएकोले जनताले चेतावनीको बेवास्ता गर्न नहुने बताए ।

दक्षिण पश्चिमी सिड्नीको बाररागाम्बा बाँधले सहरको ८० प्रतिशत पानी आपूर्ति गर्छ । यो बााधमा बुधबारदेखि नै पानी ओभरफ्लो भइरहेको छ । न्यू साउथ वेल्सका मौसम विज्ञानी डीन नारामोरका अनुसार यो तुफानले सिड्नी र आसपासका क्षेत्रमा एक दिनमा ५० देखि १५० मिलिमिटर वर्षा गराउने अनुमान छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *