क्षतिबारे युक्रेन र रुसले कस्ता दावी गरिरहेका छन् ? दुवैको दावीमा के-कति फरक छ ?
काठमाडौं । युक्रेनको सेनाले नियमित रूपमा उसले रुसी फौजमाथि पुर्याएको क्षतिबारे जानकारी दिने गर्छ। रुसी सेनाले लगातार महत्त्वपूर्ण सहरहरूमा सङ्घर्ष सघन पारिरहेको छ।
यतिखेर क्षतिबारे गरिएका दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन । तर युक्रेनी सेनाले दिएको पछिल्लो जानकारीमा झन्डै ९,००० रुसी सैनिक हताहत भएका छन्।
साथै युक्रेनी सेनाले गरेको दाबीअनुसार रूसलाई उसले पुर्याएको क्षतिमा २१७ ट्याङ्क ध्वस्त पारिएको भनेको छ । युक्रेनी सेनाले रुसका ९० आर्टिलरी प्रणाली नष्ट पारिएको, ३१ हेलिकप्टर ध्वस्त पारिएको र ३० विमान ध्वस्त पारिएको पनि दावी गरेको छ ।
रुसले बुधवार पहिलो पटक उसको सेनामा पुगेको क्षतिबारे जानकारी दिएको थियो। उसका अनुसार ४९८ रुसी सेना मारिएको अनि १,६०० घाइते भएका छन्। उसले २,८७० युक्रेनी सैनिक तथा ‘राष्ट्रवादी’हरू मारिएको बताएको छ। द्वन्द्वमा परेर सयौँ गैरसैनिकको पनि ज्यान गएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment