रुस र युक्रेनको युद्धले भारत चेपुवामा

डिसी नेपाल
२२ फागुन २०७८ १०:२५

काठमाडौं। युक्रेनका बारेमा स्पष्ट अडान लिन भारत अत्यधिक दबाबमा परेको छ। जारी सङ्कट समाधानका लागि वार्ता र कूटनीतिमा जोड दिँदै मस्कोविरुद्ध संयुक्त राष्ट्रको मतदानबाट भारत टाढा रहेको थियो। आधिकारिक धारणमा पनि दिल्लीले क्षेत्रीय अखण्डताको महत्त्वको बारेमा कुरा गरेको छ तर रुसको आलोचना गरेको छैन।

दिल्लीसमक्ष पश्चिमा राष्ट्र र रुस दुवैसँगको रक्षा र कूटनीतिक सम्बन्ध सन्तुलनमा राख्नुपर्ने कठिन काम छ। मस्कोले भारतको लगभग ५० प्रतिशत रक्षा आयात उपलब्ध गराउँछ। साथै यी दुई देश विश्वव्यापी मामिलाहरूमा भरपर्दो साझेदार हुन्। तर अमेरिकासँग भारतको सम्बन्ध पछिल्लो दुई दशकदेखि उल्लेखनीय रूपमा बढेको छ।

युक्रेनबारे भारतको अडानलाई लिएर वाशिङ्टन र मस्कोबाट आएका फरक–फरक बयानहरूले भारतको चुनौती प्रस्ट्याउँछ।

भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले शनिवार भारतको स्वतन्त्र विदेश नीति स्वागतयोग्य रहेको बताएका छन्। उस्तै समयमा अमेरिकाका वरिष्ठ कूटनीतिज्ञ डोनाल्ड लुले वाशिङ्टनले युक्रेनबारे भारतको स्पष्ट अडान बुझ्ने प्रयास गरिरहेको बताए।

द्वन्द्व जारी रहेको अवस्थामा, विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको देशलाई निरन्तर चुप रहन कठिन हुने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *