रुसी राष्ट्रपति पुटिनलाई रोक्नको लागि बेलायती प्रधानमन्त्री जोनसनले बनाए यस्तो योजना

डिसी नेपाल
२२ फागुन २०७८ १२:०५

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसको ‘भयानक’ आक्रमणलाई विफल पार्नको लागि विश्वका नेताहरुले नयाँ शिराबाट प्रयास गर्नुपर्ने बताएका छन् । न्यूयोर्क टाइम्सको लागि लेखेको एक लेखमा प्रधानमन्त्री जोनसनले लेखेका छन् ‘भविष्यका इतिहासकारले होइन, युक्रेनमा जनताले हाम्रो फैसला गर्नेछन् । प्रधानमन्त्री जोनसनले ६ सूत्रीय योजना बनाएका छन् र यो योजनाबाट पुटिनलाई रोक्न सकिने बताएका छन् ।

१. विश्वका नेताहरुले युक्रेनको लागि एक ‘अन्तर्राष्ट्रिय मानवीय गठबन्धन’ बनाउनुपर्छ ।

२. विश्वका नेताहरुले आत्मरक्षाको लागि युक्रेनका प्रयासहरुमा पनि सहयोग गर्नुपर्छ ।

३. रुसमाथि आर्थिक दबाब बढाइनुपर्छ ।

४. अन्तर्राष्ट्रिय समुदायले रुसलाई युक्रेनमा आफ्ना कर्तुतलाई सामान्यीकरण गर्नबाट रोक्नुपर्छ ।

५. युद्ध रोक्नको लागि कूटनीतिको बाटो अपनाउनु पर्छ तर केवल त्यतिबेला जब यसका युक्रेनको वैध सरकारको पूर्ण सहभागिता होस् ।

६. नेटो देशहरुबीच सुरक्षा सहयोग बलियो बनाउनको लागि ठूलो स्तरमा कोसिस हुनुपर्छ ।

प्रधानमन्त्री जोनसनले सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटसँग डाउनिङ स्ट्रिटमा बैठकका क्रममा आफ्नो सन्देश पनि दिन सक्छन् । मंगलबार प्रधानमन्त्री जोनसनले मध्य युरोपेली देशहरुको भी४ समूहका नेताहरुसँग छलफल गर्नेछन् । यसमा चेक रिपब्लिक, हंगेरी, पोल्याण्ड र स्लोभाकिया छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *