युक्रेन युद्धको ११ औँ दिन आइतबार भएका केही महत्त्वपूर्ण घटनाक्रम

डिसी नेपाल
२२ फागुन २०७८ १३:०९
312
Shares

काठमाडौं । आइतवार युक्रेनमा युद्धको ११ औँ दिन हो। युक्रेनमा अहिले बिहान भएको छ। किएभ र खार्किभबीच रहेको पोल्टाभा शहरमा हवाई आक्रमणको साइरन बन्द भएको बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा समर्थक राष्ट्रलाई ‘नो फ्लाइ जोन’ घोषणा गर्न आग्रह अमेरिकी सांसदहरूसँग भिडिओ कल गर्दा दोहोर्‍याएका छन्। उनले अमेरिकी राष्ट्रपति बाइडनसँग पनि शनिवार राति कुराकानी गरेका छन्। तर नेटोले ‘नो फ्लाइ जोन’ घोषणा गर्न अस्वीकार गर्दै आएको छ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘नो फ्लाइ जोन’ घोषणा गर्नु भनेको युद्धको कारबाही हुने चेतावनी दिएका छन्। रुसले रणनीतिक महत्त्वको मारियुपोल शहरमा बमबारी जारी गरेको छ। त्यहाँका नागरिकलाई बाहिरिन सहयोग पुग्ने गरी गर्ने भनिएको युद्धविराम भङ्ग भएको युक्रेनी अधिकारीले जनाएका छन्।

कतिपय शहरमा पानी र बिजुली सेवामा अवरोधआएको बताइएको छ । अमेरिकी पैसा सम्बन्धी कारोबार गर्ने विशाल कम्पनीहरू भिसा र मास्टरकार्डले रुसमा आफ्नो सेवा स्थगित गरेको बताएका छन् । रुसी र युक्रेनी प्रतिनिधिहरू अर्को चरणको सहमतिका लागि सोमवार भेट्दैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *