रुसको वित्तीय प्रणालीमा ठूलो झट्का, मास्टरकार्ड र भिसा सेवा बन्द
एजेन्सी। रुस र युक्रेनबीच युद्ध भइरहेको बेला पश्चिमी देशका कम्पनीहरूले यी दुवै देशमा आफ्नो व्यापार फिर्ता लिइरहेका छन्। जसले गर्दा अहिले रुसमा मास्टरकार्ड र भिसा नचल्ने भएको हो।
रुसमाथि आर्थिक प्रतिबन्ध लगाएपछि धेरै कम्पनीहरूले देशमा आफ्नो व्यापारको समीक्षा गरेका छन् र व्यापार बन्द गर्ने वा सेवाहरू अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेका छन्। यसैबीच, मास्टरकार्ड र भिसाले रूसमा आफ्नो सेवाहरू बन्द गरेको छ। यो रूसको वित्तीय प्रणालीको लागि ठूलो धक्का हो।
रूसी बैंकले जारी गरेको मास्टरकार्ड र बाहिर कुनै पनि अन्य देशमा जारी गरिएका कार्डहरू रूसी स्टोर वा एटीएमहरूमा अव नचल्ने भएको छ । मास्टरकार्डले एक विज्ञप्ति जारी गर्दै भन्यो, “हामी यो निर्णयलाई हल्का रूपमा लिन सक्दैनौं।” ग्राहक, साझेदार र सरकारसँगको छलफलपछि यो निर्णय गरिएको कम्पनीले जनाएको छ ।
भिसाले आगामी दिनमा रुसमा हुने सबै भिसा कारोबार बन्द गर्न आफ्ना ग्राहक र साझेदारहरूसँग मिलेर काम गरिरहेको पनि जनाएको छ ।







डिसी नेपाल







Facebook Comment