रुसले युद्ध शुरू भएयता ८८ विमान गुमाइसक्यो

डिसी नेपाल
२२ फागुन २०७८ १४:५३

काठमाडौं । युक्रेनले तथ्यांक जारी गर्दै युद्ध सुरु गरेपछि रूसले ठूलो क्षति व्यहोर्नुपरेको बताएको छ । युक्रेनको रक्षा मन्त्रालयले जारी द्वन्द्वमाथि उसको दैनिक रिपोर्ट प्रकाशित गरेको छ।

युक्रेनको दावीअनुसार रुसले युद्ध शुरू भए यता ८८ विमान र हेलिकोप्टर गुमाएको छ । केही रुसी विमान चालकहरू युक्रेनले नियन्त्रणमा लिएको छ । युक्रेनको सशस्त्र फौजले दक्षिण पूर्वमा रहेको बन्दरगाह शहर मरिअपलको रक्षार्थ लडिरहेका छन् ।

‘ठुलै मात्रा’मा रुसी उपकरण दक्षिणी मिकोलेभ क्षेत्रमा नियन्त्रणमा लिइएको छ । रुसी फौजहरू युक्रेनी प्रतिरोधको शक्ति देखेर ‘हतोत्साहित’ भएका छन् ।

युक्रेनी सेनाको दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन। रुसले आफ्नो क्षतिको थोरै मात्र विवरण दिएको छ तर सैन्य विज्ञहरूले युक्रेनी प्रतिरोधको शक्तिबाट रुसीहरू आश्चर्यमा परेका र युक्रेनभित्र पसेका रुसी फौजलाई आवश्यक वस्तु उपलब्ध गराउन र रुसी समूहको मनोबल उच्च राख्न समस्या पैदा भएको पनि बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *