रुसमा पक्राउ पर्ने प्रदर्शनकारीको सङ्ख्या १३ हजार नाघ्यो

डिसी नेपाल
२३ फागुन २०७८ ११:०५
84
Shares

काठमाडौं । रुसभरि युद्धविरोधी प्रदर्शनहरू जारी रहँदा पक्राउ पर्ने मानिसहरूको सङ्ख्या पनि बढ्दो छ।

रुसी गैरसरकारी संस्था ओभीडी इन्फोका अनुसार ६४ वटा शहरमा आइतवार पक्राउ पर्ने प्रदर्शनकारीको सङ्ख्या ४,६३१ पुगेको छ।

रुसले युक्रेनमाथि अतिक्रमण गरेयता पक्राउ पर्ने मानिसको सङ्ख्या १३,०२८ पुगेको ओभीडीले जनाएको छ।

हाल जेलमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रखर आलोचक एलेक्सी नभाल्नीले अतिक्रमणविरुद्ध रुस, बेलारुस र अन्यत्र पनि दिनहुँ प्रदर्शन गर्न आह्वान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *