रुसले इरानलाई बीचमा ल्याएर शर्त राखिदियो र अमेरिकालाई संकटमा पारिदियो

डिसी नेपाल
२३ फागुन २०७८ ११:५७

काठमाडौं। २०१५ को परमाणु सम्झौतालाई बहाल गर्ने कोसिसलाई युक्रेन संकटका कारण पहिले नै झट्का लागिसकेको थियो । यही बीच रुसले एउटा शर्त राखिदिएको छ जसबाट पश्चिमी देशहरुको संकट बढेको छ । रुसले माग गरेको छ कि प्रतिबन्धको असर रुस र इरानबीचको व्यापारमा नहुने अमेरिकाले ग्यारेन्टी गरोस् । युक्रेनमा गरेको आक्रमणका कारण पश्चिमी देशले रुसमाथि निकै कडा प्रतिबन्ध लगाएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसका विदेशमन्त्री सर्गेइ लावरोभले पश्चिमी देशहरुको प्रतिबन्धको कारण इरानसँगको परमाणु सम्झौता बाधित भएको आरोप लगाएका छन् । रुसको यो शर्तको कारण अमेरिकाका ती कोसिसहरुलाई झट्का लाग्न सक्छ जसअनुसार अमेरिकाले इरानको समस्या छिटो सुल्झाउने प्रयास गरिरहेको थियो । यद्यपि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले रुसमाथि प्रतिबन्ध युक्रेनमा आक्रमण गरेका कारण लगाइएको र यसलाई इरानसँग परमाणु सम्झौतासँग जोड्नुको मतलब नभएको बताएका छन् ।

ब्लिंकेनले सबिीएस न्यूजलाई दिएको अन्तरवार्तामा भने ‘दुवै विषय बिल्कुलै अलग हुन् र यिनीहरुलाई साथमा जोड्न सकिँदैन । इरानसँग सम्झौता हुने नजिकै छ तर कैयौं चुनौतीपूर्ण मुद्दा अझै हल हुन बाँकी छ ।’ समाचार एजेन्सी रोयटर्ससँग इरानका एक अधिकारीले बताएअनुसार तेहरानले रुसको स्पष्टीकरणको प्रतिक्षा गरिरहेको थियो । ती अधिकारीले भने ‘रुसले अमेरिकासँग लिखित ग्यारेन्टी मागेको छ । रुस चाहन्छ कि इरानसँग व्यापार, लगानी र सैन्य प्रविधि सहयोगमा प्रतिबन्ध नरहोस् । रुस जे चाहन्छ त्यसलाई बुझ्नुपर्ने आवश्यकता छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *