युक्रेनको राजधानी किभसहित प्रमुख सहरहरुमा युद्धबिरामको घोषणा

डिसी नेपाल
२३ फागुन २०७८ १२:१५

काठमाडौं। रुसको सरकारी मिडियाले युक्रेनका अलग अलग सहरमा फसेका आम सर्वसाधारणलाई सुरक्षित त्यहाँबाट मानवीय कोरिडोरमार्फत निकाल्नको लागि रुसले युद्धबिराम गर्ने बताएको छ । रुसले राजधानी किभ, खारकिभ जस्ता सहरमा पनि आक्रमण रोक्नको लागि तयार भएको बताएको छ ।

रुसको रक्षा मन्त्रालयका अनुसार यो सीमित सिजफायर स्थानीय समयअनुसार बिहान १० बजे (नेपाली समय पौने २ बजे) लागू हुनेछ । यो सिजफायर राजधानी किभ, खारकिभ, मारियुपोल र सुमी जस्ता भीषण संघर्ष झेलिरहेका सहरहरुमा लागू हुनेछ । यो सिजफयरका बेला यी सहरहरुबाट नागरिकहरुलाई सुरक्षित बाहिर निकाल्नको लागि मानवीय कोरिडोर बनाइनेछ ।

यी सहरहरुमा अहिले रुसको गोलीबारी र बमबारी जारी छ । युक्रेनका अधिकारीहरुले रुसको यो दावीबारे अहिलेसम्म केही भनेका छैनन् । विगत २ दिनमा मारियुपोलबाट बानिसहरुलाई निकाल्न २ पटक प्रयास गरिए तर दुवै प्रयास विफल भए । युक्रेनका अधिकारीहरुले मारियुपोलमा रुसले घोषणा गरेको संघर्ष विरामको समयमा पनि आक्रमण जारी रहेकोले यहाँबाट नागरिकलाई निकाल्न नसकिएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *