कहाँ रोकियो रुसी सेनाको ४० माइल लामो बख्तरबन्दको लस्कर ?
किभ। युक्रेनको राजधानी सहर किभतर्फ केही दिनअघि बढेको रुसी सशस्त्र फौजको ४० माइल लामो बख्तरबन्दहरुको लस्कर पछिल्ला केही दिनयता रोकिएको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका छन्।
बख्तरबन्दहरुको लस्कर बेलारुसको सीमाबाट राजधानीतर्फ बढिरहेको थियो। बख्तरबन्दको लस्करलाई फेब्रुबरीमा स्याटलाईट तस्बिरमा पहिलो पटक देखिएको थियो। ‘रुसी अक्षतर्फ कुनै महत्वपूर्ण गतिविधि भएको देखिँदैन, ’ एक अमेरिकी अधिकारीको भनाई उदृत गर्दै रोयर्टसले लेखेको छ, ‘ प्रमुख तत्वहरू यी शहर केन्द्रबाहिर रहन्छन्। ’
‘बख्तरबन्दको गति अवरोध हुने क्रम जारी’ रहेको उनको भनाइ छ। रसियाले सीमामा जम्मा गरेको सेना उसको सैन्य शक्तिको झण्डै ९५ प्रतिशत भएको अमेरिकी गुप्तचर निकायको अनुमान छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी सेनाले युक्रेनमा सर्वसाधारणमाथि जानी जानी हमला गरेको आफूहरुसँग विश्वसनीय रिपोर्ट रहेको दाबी गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment