लमजुङमा गण्डकी प्रदेशस्तरीय महोत्सव हुने, टिकटको १० रुपैयाँ सामाजिक सेवामा खर्च गरिने

डिसी नेपाल
७ चैत २०७८ १८:३३

लमजुङ । लमजुङमा चैत २५ देखि बैशाख ४ गतेसम्म बेसीशहर नगरपालिका ७ सहजीको खेलमैदानमा सातौं लमजुङ महोत्सव हुने भएको छ ।

स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन: कोभिड–१९ पछिको व्यवसाय पुर्नस्थापना भन्ने मूल नाराका साथ महोत्सव हुने भएको हो । आयोजक लमजुङ उद्योग बाणिज्य संघले बेँसीशहरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी गराएको हो ।

आयोजक संघका अध्यक्ष गुणराज सिलवालले जिल्लामा रहेका परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत क्षेत्रमा लगानीमैत्री बातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवद्र्धन गर्ने एवं स्थानीय समुदायलाई मनोरन्जन प्रदान गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ महोत्वस आयोजना गर्न लागेका बताए ।

आयोजकका अनुसार कोभिड १९ को प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्यवसायलाई पुनरुत्थान गरी टेवा पु¥याउने, जिल्लामा व्यवसायिक कृषि, पशुपालन र जुडिबुटि प्रवद्र्धन गरी निर्यातजन्य उत्पादनका लागि प्रोत्साहन गर्ने, स्थानीय उद्योग, व्यापार, हस्तकलाको प्रवद्र्धन गर्ने महोत्वसको उद्देश्य रहेको छ ।

त्यस्तै, परम्परागत सीपसँगै प्रविधि प्रवद्र्धन गर्ने, कला संस्कार, संस्कृतिको जर्गेना, नव प्रतिभालाई प्रोत्साहन र प्रवद्र्धन गर्ने, नेपाल पत्रकार महासंघको निर्माणाधीन भवनलाई सहयोग, आर्दश बाल गृह, सर्वोदय ज्येष्ठ नागरिक आश्रम, मानवसेवा आश्रमलाई सहयोग गर्ने र जिल्लाको पर्यटकीय गन्तव्य एवं होमस्टेहरुको थप प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।

महोत्सवमा दुई सय वटा स्टल राखिने छ भने महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजक संघका अध्यक्ष सिलवालले बताए । महोत्सवमा ९५ लाख ५० हजार बराबरको आयव्यय हुनेछ । महोत्सवमा टिकट विक्रीबाट प्रतिटिकट १० रुपैयाँ सामाजिक सेवा कोषको लागि छुट्याउने भएको छ । जसमध्ये बेँसीशहरमा रहेको सहजी खेलमैदान विकास समितिका लागि प्रति टिकट २ रुपैयाँ, दैवीप्रकोप उद्धार कोषका लागि ३ रुपैयाँ, आदर्श महिला तथा बालविकास केन्द्रलाई १ रुपैयाँ, मानवसेवा आश्रमलाई १ रुपैयाँ सर्वोदय ज्येष्ठ नागरिक आरोग्य आश्रमलाई १ रुपैयाँ र नेपाल पत्रकार महासंघ लमजुङको भवन निर्माण सहयोगका लागि २ रुपैयाँ सहयोग गरिने आयोजक संघका अध्यक्ष सिलवालले बताए ।

महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, गण्डकी प्रदेशभित्र रहेका उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुको विशेष प्रदर्शन, कृषि, पुष्प तथा जडिबुटी प्रदर्शनी, लोक दोहोरी गीत कार्यक्रम, फोटो तथा वृत्तचित्र प्रदर्शनी, जातिय एवं सांस्कृतिक सग्रहालय, नव प्रतिभा, स्थानीय एवं विभिन्न विधाका राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । त्यस्तै, घरवास (होमस्टे) प्रर्वद्धानात्मक कार्यक्रम, विद्यालय स्तरीय नृत्य, झाँक्री तथा ¥याली प्रदर्शनी, बाल उद्यान, साहित्यीक कार्यक्रम, आन्तरिक पर्यटन प्याकेज टुर, तथा आन्तरिक पर्यटन सूचना केन्द्र, सरकारी तथा गैरसरकारी निकायको गतिविधि प्रदर्शनी, महिला समूह नृत्य, कार्यशाला गोष्ठी, विविध मनोरञ्जनात्मक कार्यक्रमहरु महोत्सवमा प्रस्तुत हुनेछ ।

महोत्सव स्थल प्रवेशका लागि प्रति दर्शकका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका ब्यक्तिलाई भने निःशुल्क प्रवेश दिइनेछ । महोत्सवमा विभिन्न मुलुकका उद्यमी, व्यवसायी तथा पर्यटकहरु, स्थानीय तथा छिमेकी जिल्लाका नागरिकहरु लगायतले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवको तयारी तीब्र रुपमा अघि बढिरहेको छ । महोत्सवका लागि मूल समारोह समिति ३५१, सल्लाहकार समिति ३५, कार्य सम्पादन समिति १३ र उपसमितिहरु २५ वटा रहेको आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *