एमाले अध्यक्ष ओलीले चैत १७ गते कालिकोटको चुनावी सभालाई सम्बोधन गर्ने

डिसी नेपाल
९ चैत २०७८ १७:३४

सुर्खेत ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चैत १७ गते कालिकोटमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । नेकपा एमाले कालिकोटका अनुसार जिल्लामा हुने बृहत् चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली आउने भएका हुन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कालिकोटमा बृहत् आमसभा राखिएको त्यसलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कालिकोटका उपाध्यक्ष दयाराम सिम्खडाले जानकारी दिए । ‘हामीले एक लाख नागरिकलाई आमसभामा आउने लक्ष्य राखेका छौं,’ उनले भने,‘त्यस सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।’

अहिले त्यसको व्यापक तयारी भइरहेको र अध्यक्ष ओलीले सम्बोधन गर्ने सभामा लागि मञ्चलगायत अन्य व्यवस्थापन तीव्र पारिएको उपाध्यक्ष सिम्खडाले जानकारी दिए । ‘हामीले अहिले गाउँ गाउँमा चुनावी सभा गरिरहेका छौं,’ उनले भने,‘एमालेलाई कालिकोटमा पहिलो पार्टी बनाउने लक्ष्यसहित कार्यक्रम राखिएको छ ।’

सभालाई हिजो मात्रै एमालेमा प्रवेश गरेका समाजवादी जनता पार्टीका पूर्व अध्यक्ष प्रेमबहादुर सिंहले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कालिकोटले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *