रुपन्देहीमा टाइफाइडविरुद्धको खोप अभियान, नियमित खोपको संख्या १३ पुग्यो

डिसी नेपाल
२० चैत २०७८ २०:५८

भैरहवा । रुपन्देहीमा चैत २२ गतेदेखि टाइफाइड रोगविरुद्ध खोप दिन लागिएको छ । २ वटा नियमित खोपबाट सुरुवात गरिएको नेपालमा १३ ओँ नियमित खोपको रुपमा टाइफाइड रोगविरुद्ध खोप लिइएको हो । सुरुवातमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

२०३४ सालबाट खोप लगान सुरु भएको नेपालमा सूरुवातमा २ वटा खोप नियमित लगाइने गरिएकोमा अहिले १३ औ खोपको रुपमा टाइफाइड रहेको छ । अहिले सम्मको तथ्याङमा रुपन्देहीमा कोही पनि खोप लगाएको कारण ज्यान गएको छैन । अभियान पछि यो खोपलाई अरु खोप जस्तै नियमित खोपमै राखिने छ । टाइफाइडबाट नेपालमा मृत्युदर बढि भएकोले खोपबाट यसलाई न्यूनिकरण गर्न सकिन्छ, नेपालमा पहिलो पटक टाइफाइडको खोप सुरुवता गर्न लागिएको छ ।

पहिलो चरणमा चैत २२ गतेदेखि बुटवल उपमहानगरपालिका, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर, देवदह, सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, शुद्धोधन, मायादेवी, कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । खोप अधिकृत भेषराज शर्माका अनुसार दोस्रो चरणमा वैशाख ६ गतेदेखि १४ गतेसम्म तिलोत्तमा नगरपालिका, ओमसतिया, रोहिणी र सियारी गाउँपालिकामा अभियान सञ्चालन गरिने छ ।

जिल्लामा २ लाख ६६ हजार ५१८ जना लक्षित समूह रहेका छन् । उनीहरुका लागि ९६६ खोपकेन्द्रबाट खोप लगाइने जसमा १ हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ जना स्वास्थ्य कर्मी, सुपरिवेक्षक तथा सहयोगी संघसंस्था केन्द्रमा खटिने छन् । बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप कन्द्रहरु विद्यालयमा सञ्चालन गरिएको खोप अधिकृत शर्माले जानकारी दिए ।

देशभर चैत २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीहरुको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाहरुको सहजता अनुसार फरक–फरक मितिमा अभियान सञ्चालन गरिएको छ । स्थानीय तहको निर्वाचन, वैशाख महिना विद्यालयको शैक्षिक सत्रको अन्त्य हुने महिना भएको, एसईई परीक्षा २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म हुने, जेठ महिनापछि कार्यक्रम सञ्चालन गर्न वर्षायामको कारणले कठिनाइ हुने कारणले वैशाख १८ भित्र सम्पन्न गर्नुपर्ने शर्माले बताए । टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलो पटक खोप सञ्चालन गर्न लागिएको छ ,अभियान पछि यसलाई नियमित खोपमा राखिने छ

टाइफाइडका कारण अन्य उमेर समूहभन्दा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरु धेरै प्रभावित भएका कारण सोही अनुसार खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले भने । चुनौती भए पनि सबै मिलेर टाइफाइड रोगविरुद्धको खोप अभियानमा ९५ प्रतिशतलाई सरिक गराउने हिसाबले तयारीभएको बताए, स्थानीय तहसँगको समन्वयमा यो अभियान सपल हुनेमा विश्वस्त रहेको बताए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *