सरकारमा सहभागी हुन श्रीलंकाका राष्ट्रपतिले गरेको प्रस्तावलाई विपक्षीले गरे अस्वीकार

डिसी नेपाल
२२ चैत २०७८ ११:०९
264
Shares

कोलम्बो। श्रीलंकाका विपक्षी पार्टीहरूले राष्ट्रपति गोटाबाय राजापाक्षेले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई अस्वीकार गरेका छन्। देशमा खाद्यान्न, इन्धन र औषधिलगायतका अत्यावश्यक बस्तुको अभाव भएको भन्दै विपक्षीले राष्ट्रपतिको राजीनामा मागेको छ।

राष्ट्रपतिले पूर्ण मन्त्रिपरिषद् नियुक्त नभएसम्म संसदको वैधानिकता र स्थायित्व कायम राख्न चार मन्त्रीहरूको नाम तोकेका छन्।

विदेशी मुद्रा संकट र भुक्तानी सन्तुलनको समस्याले उत्पन्न आर्थिक अवस्थालाई गलत ढंगले व्यवस्थापन गरिएको भन्दै सर्वसाधारणले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शन नियन्त्रण गर्न सरकारले कफ्र्यु घोषणा गरेको थियो।

आर्थिक संकटको विरोधमा उत्रिएका सर्वसाधारण नागरिकले केही दिनअघि राष्ट्रपतिको निवासअगाडि प्रदर्शन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *