यो ‘गजनी’ फिल्म होइन…, बच्चाको शरीरमा पारिवारिक विवरण किन लेखिँदैछ ?

डिसी नेपाल
२२ चैत २०७८ १३:१९
192
Shares

काठमाडौं । युक्रेनमा रुसको आक्रमण जारी छ । यो आक्रमणमा किभ, खार्किभ, बुचा र मारियुपोल सहरहरू ध्वस्त भएका छन्। आक्रमणमा हजारौं निर्दोष नागरिकहरू पनि मारिए। जसमा महिला र बालबालिका पनि पर्छन् । यी सबैको बीचमा युक्रेनबाट एउटा डरलाग्दो तस्वीर बाहिर आएको छ । यहाँ एउटी महिलाले आफ्नो बच्चाको शरीरमा घरको ठेगाना लेखेकी छिन्, ताकि उनलाई केही भयो भने बच्चाले पहिचान गुमाउन नपरोस् ।

सामाजिक सञ्जालमा एउटा तस्बिर निकै भाइरल भइरहेको छ । तस्बिर युक्रेनको हो। यहाँ एक महिलाले आफ्नी छोरीको शरीरमामा घरको ठेगाना, मोबाइल नम्बर र अन्य विवरण लेखेकी छिन् ताकि यदि महिला युद्धमा मारिएमा आफ्नो बच्चाले पहिचान गुमाउन नपरोस् ।

पछिल्लो ४१ दिनदेखि युक्रेनमा रुसको आक्रमण जारी छ । यहाँका भवनहरु भग्नावशेषमा परिणत भएका छन् । जताततै जलेका सवारीसाधन देखिन्छन् । सडकमा लाशहरू छन्, जसलाई कसैले चिन्न पनि सक्दैन। यहाँ सायदै कुनै सहर बाँकी छ, जसमा रुसले बमबारी नगरेको होस् ।

अर्कोतर्फ युक्रेनको बुचामा विनाशको अवस्था देखिएको छ । हालसम्म यहाँ तीन सयभन्दा बढी शव फेला परेका छन् । युक्रेनले यहाँ ठूलो संख्यामा मानिस मारिएको दाबी गरेको छ । युक्रेनले रुसी सेनाले पुरुष मात्र नभएर महिलाको हात बाँधेर टाउकोमा गोली हानेको दाबी गरेको छ । युक्रेनले यसलाई आतंकवाद र अपराधसँग तुलना गरेको छ।

तर, रुसको रक्षा मन्त्रालयले युक्रेनको यी दाबीलाई अस्वीकार गरेको छ । रुसले आइतवार युक्रेन विरुद्ध कथित “अपराध” को लागी जारी गरिएको फोटो र भिडियो “उत्तेजक” भएको बताएको छ। रुसले आफ्नो सेनाले बुचामा कुनै पनि नागरिकमाथि हिंसा नगरेको दाबी गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *