बुचामा भएका मृत्यु फर्जी प्रचारः रुस

डिसी नेपाल
२३ चैत २०७८ ६:२८
240
Shares

किभ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी दिमित्री मेदभेदभले युक्रेनी सहर बुचामा भएका मृत्यु फर्जी प्रचार भएको दाबी गरेका छन्। ‘ यी नक्कली हुन् जुन युक्रेनी प्रचारको कल्पनामा परिपक्व हुन्छन्’ उनले भने। रुसी सेना फिर्ता भएपछि आक्रमणको बर्बरता चित्रण गर्ने डरलाग्दा तस्बिरहरू बुचा सहरमा सार्वजनिक भएका छन्।

कुनै पनि युक्रेनी नागरिकले रुसी सेनाको हिंसात्मक कारबाहीको सामना गर्नु नपरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले किभ बाहिरका दृश्यहरूलाई रुस विरोधी उत्तेजना भनेका छन्।

तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्ध अपराध गरेको बताउँदै आएका छन्। हत्यालाई ‘नरसंहार’ र ‘युद्ध अपराध’ भन्दै राष्ट्रपतिले जेलेन्स्कीले भने, ‘हामीलाई थाहा छ कि बुचामा हजारौं मानिस मारिएका छन्। महिला बलात्कृत भएका छन्, बालबलिका मारिएका छन्। रुसले युद्ध अपराध गरेको छ।’

बुचामा सामूहिक चिहानहरू फेला परेको विवरण सार्वजनिक भएका छन्। तर, रुसले उक्त आरोप ‘नक्कली’ भएको बताएको छ। बुचामा पाँच अज्ञात सर्वसाधारणको शव हात पछाडि बाँधिएको अवस्थामा शव भेटिएका थिए । शवको टाउकोमा गोली लागेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *