पाकिस्तानी राष्ट्रपतिले निर्वाचनको प्रक्रिया सुरु गरे

डिसी नेपाल
२३ चैत २०७८ १५:४५
72
Shares

काठमाडौं । पाकिस्तानका राष्ट्रपतिको सचिवालयले निर्वाचन आयोगलाई निर्वाचनको मिति प्रस्ताव गर्न भनेको छ। राष्ट्रपति आरिफ अल्वीको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

प्रेस विज्ञप्तिमा भनिएको छ कि पाकिस्तानको संविधान अनुसार आयोगले नेशनल एसेम्बली विघटन भएको ९० दिनभित्र निर्वाचन गराउने मिति प्रस्ताव गर्नुपर्नेछ । अप्रिल ३ मा प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले नेशनल एसेम्बली भंग गरेका थिए । यसअघि इमरान सरकारविरुद्धको अविश्वासको प्रस्ताव उपसभामुखले खारेज गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *