श्रीलंका, लेबनानपछि पेरू पनि टाट पल्टिने संघारमा, हिंसात्मक प्रदर्शनपछि संकटकाल
काठमाडौं । श्रीलंका र लेबनानपछि अब पेरुले पनि महंगीको र आर्थिक संकटको सामना गरिरहेको छ । जनता आन्दोलन गरिरहेका छन् । धेरै शहरहरूमा आगजनी र तोडफोडको रिपोर्ट आएक छन्। यसपछि राष्ट्रपतिले राजधानी लिमा र कालाओमा संकटकाल घोषणा गरेका छन् ।
पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले मन्त्रिपरिषद्को बैठकपछि कर्फ्यूको घोषणा गरेका छन् । यससँगै केही आधारभूत अधिकारहरू पनि तत्कालका लागि खारेज भएका छन् । अब जनता एकै ठाउँमा भेला हुन पाउने छैनन्, र्याली निकाल्न पाइने छैन । यसबाट देशका करिब एक करोड जनता प्रभावित हुनेछन् ।
धेरै देशहरू जस्तै, पेरु पहिले नै महंगीसंग संघर्ष गरिरहेको थियो। तर रुस–युक्रेन युद्धपछि स्थिति झनै बिग्रियो । मार्चमा महंगी २६ वर्ष यताकै उच्च थियो । वास्तवमा युक्रेनमा रुसी आक्रमणका कारण रुसले धेरै प्रतिबन्धको सामना गरिरहेको छ । रूस पोटास, अमोनिया, यूरिया र अन्य माटो पोषक तत्वहरूको प्रमुख निर्यातक हो। रुसमाथि प्रतिबन्ध लगाएपछि विश्वभर ऊर्जा, खाद्यान्न र मलको मूल्य बढेको छ । तिनीहरूको मूल्य पेरूमा पनि आकाशिएको छ। सरकारले मूल्य घटाउन नसकेको देखिन्छ ।
जनताको आक्रोशलाई मध्यनजर गर्दै सरकारले मूल्य घटाउन खोजिरहेको छ । सरकारले भर्खरै इन्धनको मूल्य घटाउन कर हटाउने बताएको थियो । यससँगै न्यूनतम पारिश्रमिक करिब १० प्रतिशतले बढाएर १ हजार २०५ सोल्ज अर्थात् ३३२ डलर (लगभग ४० हजार रुपैयाँ) मासिक पारिश्रमिक दिइनेछ । तर देशको मुख्य ट्रेड युनियन, पेरुभियन वर्कर्सको जनरल कन्फेडेरेसनले ज्याला वृद्धिलाई अपर्याप्त भन्दै खारेज गरेको छ। यहाँ डिजेलको मूल्य ०.४७ डलर प्रति ग्यालन (१ ग्यालन = १.५ लिटर) घटाउनुपर्ने थियो, तर त्यसो भएन ।
किसान र ट्रक चालकहरूले लिमाको मुख्य राजमार्गहरू अवरुद्ध गर्दा गत हप्ता हिंसात्मक प्रदर्शनमा ४ जनाको मृत्यु भएको थियो। जसका कारण खाद्यान्नको मूल्यमा एक्कासी उछाल आएको छ । यति मात्र होइन, दक्षिणी सहर इका नजिकै प्रदर्शनकारीहरूले टोल बुथमा आगजनी गरेका छन् र प्रहरीसँग झडप पनि भएको छ । अन्य धेरै सहरहरूमा पनि हिंसात्मक प्रदर्शन भएको खबर छ। समाचार अनुसार यी घटनामा ४ जनाको मृत्यु भएको छ ।
पेरु पहिले नै महंगीको चपेटामा छ। सरकारले वाचा पूरा गर्न सकेको छैन । जसका कारण जनता आन्दोलनमा उत्रिएका छन् । योसँगै राष्ट्रपतिको लोकप्रियता पनि घट्दै गएको छ । वाम नेताहरु गत वर्ष प्रचण्ड बहुमतका साथ सत्तामा आएका थिए । उनलाई ग्रामीण गरिबहरूबाट ठूलो सहयोग थियो। यस्तो अवस्थामा अब प्रदर्शन राष्ट्रपति क्यास्टिलोका लागि समस्या बनेको छ । जनमत सर्वेक्षण अनुसार उनको अनुमोदन रेटिङ २५ प्रतिशतले घटेको छ । उनको आठ महिनाको कार्यकालमा दुई पटक महाभियोग लगाइएको थियो ।







डिसी नेपाल







Facebook Comment