आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता नदिने इमरान खानकाे चेतावनी

डिसी नेपाल
२६ चैत २०७८ ७:३९
336
Shares

इस्लामावाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएका छन्।

प्रधानमन्त्री खानविरुद्ध संसदमा दायर भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही समयअघि खानको यस्तो चेतावनी आएको हो।

प्रधानमन्त्री खानले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन्। यसअघि शुक्रबार सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिले गरेको संसद विघटनलाई बदर गरिदिएको थियो।

सर्वोच्चले संसद पुनस्र्थापना गर्दै संसदमा प्रधानमन्त्रीविरुद्ध पेस भएको अविस्वासको प्रस्तावमा मतदान पक्रिया अगाडि बढाउनसमेत आदेश दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *