मुख्यमन्त्री शाहीलाई जुम्लाका पत्रकारका ६ बुँदे माग

डिसी नेपाल
२७ चैत २०७८ १७:३६

 

जुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका पत्रकारले ६ बुँदे माग राखेका छन् । पत्रकारहरूको छाता संगठनको रुपमारहेको नेपाल पत्रकार महासंघ जुम्ला शाखाले ६ बुँदे माग राखेको हो ।

जुम्ला, रारा अल्ट्रा म्याराथुनको उद्‍घाटन गर्न जुम्ला पुगेका मुख्यमन्त्री शाहीलाई जुम्ला विमान स्थालमा पत्रकार सम्मेलनको आयोजना गरी पत्रकार महासंघले पत्रकारहरूको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गर्न ६ बुँदे माग पत्र दिएको हो ।

चैत २५ मा जुम्ला पुगेका मुख्यमन्त्री शाही मुख्यमन्त्री रोजगारका कार्यक्रम अनुगमन, कर्मचारीसँग छलफल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अनुगमन गरेर तीन दिनपछि सुर्खेत फर्किएका छन् ।

कर्णालीका सबै जिल्लामा कम्तीमा वर्षको चारवटा पत्रकारिता तालिम (पत्रकार आचार संहिता, स्टोरी लेखन तालिम, आधारभूत क्षमता अभिवृद्धि तालिम, फोटो तथा भिडियो ग्राफर)तालिमको माग गरिएको महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले बताइन् ।

पत्रकार महासंघसहित स्थानीय सञ्चार माध्यमलाई वैकल्पिक ऊर्जा व्यवस्थापको लोसार व्यापक व्यवस्थापनमा सहयोग गर्न पनि मुख्यमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

अहिले सुस्त रहेको इन्टरनेटका कारण सरकारी कार्यालयको काम तथा समाचार पठाउन कठिन भएकाले इन्टरनेट फास्ट गर्न पहल गर्न पनि पत्रकारहरूले आग्रह गरेका छन् ।

मुख्य मन्त्री शाहीलाई कर्णाली प्रदेशका सूचना दुर्गममा पुग्ने वातावरण सिर्जना गर्न अनुरोध गरिएको छ । गर्न अनुरोध गरिएको छ।दुर्गमका नागरिकले पनि सरकारका कार्यक्रम तथा कार्यसम्पादन थाहा पाउने अधिकारको सुनिश्चित गर्नका लागी पनि दुर्गमका सञ्चारमाध्यमलाई सूचना उपलब्ध गराउनु पर्ने माग गरिएको छ । कर्णालीमा सञ्चार पूर्वाधारमा लगानी तथा सहयोग गर्ने नीति ल्याउन जुम्ला पत्रकार महासंघले आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *