स्याङ्जामा जिप दुर्घटना : पाँच जनाको मृत्यु

डिसी नेपाल
४ वैशाख २०७९ १२:३३
160
Shares

पोखरा। स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँचजनाको मृत्यु भएको छ। वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप पल्टिएको हो।

जीपमा एक बालकसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ। जिप सडकबाट दुई सय मिटर तल खसेकाे थियाे।

जीपमा ११ जना सवार थिए। तीमध्ये थप दुईजनाको अवस्था गम्भीर छ। घाइते ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ। मृतकको पहिचान अझै खुलेको छैन । प्रत्यक्षदर्शीसमेत काेही नभएकाे प्रहरीले जनाएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *