लमजुङ महोत्सवमा १५ करोड कारोबार

डिसी नेपाल
४ वैशाख २०७९ २१:३८
24
Shares

 

लमजुङ । स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः कोभिड १९ पछिको व्यवसाय पुनस्र्थापन’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा २२ लाख बढी टिकट विक्री भएको छ । लमजुङको बेसीशहरमा सञ्चालित गण्डकी प्रदेश स्तरिय सातौ लमजुङ महोत्सव १५ करोड रुपैयाँको कारोबार भएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए ।

महोत्सव चैत २५ देखि बैशाख ४ गतेसम्म सहजीखेल मैदानमा सञ्चालन भएको थियो । चैत २५ गतेदेखि सञ्चालित १० दिने महोत्सवमा १ लाख दर्शकले अवलोकन गरेको आयोजक लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ । लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष मृगेन्द्र घिमिरेले महोत्सवले कोभिड १९ को प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्ययसायलाई पुनस्र्थापन गर्न सहयोग पुगेको बताए ।

महोत्सवमा १ सय ७० वटा स्टल राखीएको थियो । ८ वटा होटल तथा रेष्टुरेण्ट, ३० वटा कृषि, घरेलु सामग्री सम्बन्धी स्टल र अन्य प्रकारका स्टल राखिएको थियो ।

महोत्सवको आइतबार गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङख्या मन्त्री मधु अधिकारी गुरुङले समापन गरेकी हुन् । लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले कोरोनाले थला पारेको व्यवसाय ,परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवद्र्धन गर्न महोत्सव सञ्चालन गरीएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *