सल्यानमा जेसीबी पल्टिदा चालकको मृत्यु

डिसी नेपाल
११ वैशाख २०७९ ११:३४
64
Shares

सल्यान। सल्यानको बागचौर नगरपालिका–६ सिमखोला स्थित सडकमा शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन्।

दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्र बहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ।

सल्यानको महिदोले देखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा १ क ७१९ नम्बरको जेसीबी गएराती साढे ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *