एमालेले अध्यक्ष उठ्न पठाएका उम्मेद्वार उपाध्यक्षमा निर्विरोध

डिसी नेपाल
१२ वैशाख २०७९ १९:४०

पोखरा । नेकपा एमाले प्रदेश कमिटीले अध्यक्षको उम्मेद्वार बनाएर पठाएका व्यक्ति उपाध्यक्षमा निर्विरोध भएका छन्। एमालेले मनाङको नार्पाभूमी गाउँपालिकाको अध्यक्षमा ज्याप्ले गुरुङलाई उठाउने निर्णय गरेको थियो । तर उनी उपाध्यक्ष बनेका हुन्।

अध्यक्षमा कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिङ लामा सहित ३ जना उठेका छन्। कांग्रेसबाटै कृष्णबहादुर लामा र एमाले समर्थक मिङमर सोनाम लामाले उम्मेद्वारी दिएका हुन्। अध्यक्षमा पनि सर्वसम्मतको प्रयास भैरहेको छ।

यस्तै, वडा नम्बर १ को अध्यक्षमा फुर्वा ठेले लामा, ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेंजे लामा निर्विरोध निर्वाचित भए। बाँकी २ वडामा २\२ जना उठेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *