पोखरा मेयरका कांग्रेस बागी उम्मेदवार विमल कार्कीले मनोनयन फिर्ता लिएनन्

डिसी नेपाल
१६ वैशाख २०७९ १७:२२

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेसका विमल कार्कीले मनोनयन फिर्ता लिएनन् । कांग्रेस तथा गठबन्धनको निर्देशनविपरीत उनले मनोनयन फिर्ता नलिएका हुन् ।

कांग्रेसले आफ्ना बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको थियो । तर, उनले जानीजानी फिर्ता नलिएको बताएका छन् ।

निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय दिएको थियो । तर, कांग्रेस पोखराका पूर्वसभापति समेत उनले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् ।

उनले गठबन्धन कुनै हालतमा स्वीकार्ने बताउँदै आएका थिए । तर, पोखरा मेयरमा दिएको उम्मेदवारी कांग्रेसकै नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले फिर्ता लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *