तनहुँको देवघाटमा दलित महिला सदस्य निर्विरोध

डिसी नेपाल
१७ वैशाख २०७९ २१:३०

तनहुँ । तनहुँमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले खाता खोलेको छ । देवघाटमा गाउँपालिकामा एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएसँगै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले खाता खोल्न सफल भएको हो ।

देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत थमनसिंह थापाले बताए । ‘उहाँको मात्रै एकल उम्मेद्वारी परेपछि उहाँ निर्विरोध हुनु भएको छ । निर्विरोध विजय भएको घोषणा गरिसकेका छौँ । मतदानको दिन प्रमाणपत्र प्रदान हुन्छ’, निर्वाचन अधिकृत थापाले भने । विकले नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएकी थिइन् ।

अब ३० वैशाखमा ४४४ जनप्रतिनिधी चयनका लागि मतदान हुनेछ । एक हजार ६३५ जना चुनावी मैदानमा होमिएका छन् । दुई लाख ४४ हजार ३ सय ४० मतदाताले नगरपालिका, गााउँपालिका र वडा हाँक्ने नेतृत्व चयन गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *