माओवादीबाट चन्दननाथको मेयरमा उम्मेदवारी दिएका जीवन बुढ्थापा को हुन् ?

डिसी नेपाल
१८ वैशाख २०७९ १८:२४

जुम्ला । चन्दननाथ नगरपालिका-२ निवासी जीवन बुढ्थापा माओवादी केन्द्रका युवा नेता हुन् । उनले मेयर पदमा लागि उम्मेदवारी दिएका हुन् । बुढ्थापा २०५६ सालमा माओवादी युद्ध तातिएको समयमा काठमाडौंमा विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै जाँदा माओवादी निकट विद्यार्थीमा आबद्ध भएका थिए ।

सोही विचारका आधारमा युवा नेता बुढ्थापा कक्षा १० पढेको समयमा माओवादी विचारमा लागेको भन्दै २०५९ सालमा काठमाडौंमा नेपाली सेनाले गिरफ्तार गरेका थिए ।

वि.सं. २०५९ साल असार ३ गते गिरफ्तारी परेर नेपाली सेनाले ४४ दिनपछि नेता बुढ्थापालाई हनुमान ढोकामा जिम्मा लगाएको थियो । बुढ्थापाका अनुसार २२ दिन हनुमानढोका परिसर हुँदै १३ महिना जेल जीवन बिताएका थिए ।

त्यस्तै, शान्ति प्रक्रियापछि माओवादीको विभिन्न पदमा आबद्ध हुँदै आएका बुढ्थापाले काठमाडौंको जिल्ला कमिटी,नेकपा माओवादी केन्द्रको केन्द्रीय आयोजक कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि, नेकपाको जिल्ला कमिटी हुँदै राजनीतिक क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

उनी यसअघि कर्णाली माद्यामिक विद्यालय अनामनगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा पनि लोकप्रिय काम गरेको दाबी गरे । उनी व्यवस्थापन समितिको अध्यक्ष हुँदा त्यो विद्यालय नमुना विद्यालय बन्न सफल भएको थियो । यसअघि बुढ्थापाले गरेका सामाजिक क्षेत्रका कार्यले गर्दा मेयर पदमा उम्मेदवारी दिँदा नगरवासीले ठूलो अपेक्षा गरेका छन् । ‘यस पटक पार्टीले युवालाई दिएको जिम्मेवारीको पूर्ण पालना गर्ने छु । यस कारण नगरवासीले आफूलाई मत दिने आशा र अनुरोध पनि गर्छु ।’,बुढ्थापाले भने ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *