स्थानीय तह निर्वाचनः जुुम्लामा पुगे मतपत्र

डिसी नेपाल
२० वैशाख २०७९ १९:४५

जुुम्ला । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्लामा आज ७६ हजार थान मतपत्र आइपुगेका छन् ।

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले १५२ प्याकेटमा सो परिमाणका मतपत्र आइपुगेको जानकारी दिए । जुम्लालाई ६६ हजार मतपत्र आवश्यक पर्ने उनले बताए ।

नेपाली सेनाको नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले कालिकोटबाट स्टकटिङ गरेर मतपत्र ल्याएको हो । जिल्लामा जम्मा मतदाता संख्या ६७ हजार ७४४ रहेको छ । पुरुष ३५ हजार २७३ र महिला ३२ हजार ४७१ मतदाता छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *