दैलेखको आठबीसमा एमालेबाट मेयरका उम्मेदवारकाे गाडीमा आगजनी

डिसी नेपाल
२६ वैशाख २०७९ ८:०५
128
Shares

सुर्खेत। दैलेखको आठबीस नगरपालिकामा नेकवा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालकाे गाडीमा आगजनी भएको छ। बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए।

गाडी आठबीस नगरपालिका- ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए।

बडुवालले एक अज्ञात समूहले गाडी आगजनी गरेको उल्लेख गरेका छन्। चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्‍याएका थिए,’ उनले भने,‘ त्यस कारण खासै क्षति भने हुन सकेन।’ घटनाबारे इलाका प्रहरी कार्याल राकमले अनुसन्धान थालेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *