जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान

डिसी नेपाल
२७ वैशाख २०७९ १७:०२

जुम्ला । जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान भएको छ । मतगणना सुरक्षित होस भनेर सीसीटीभी क्यामरा जडान गरिएको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईका अनुसार आठैवटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामरा जडान गर्न यसअघि नै निर्देशन दिएको हो । उनले भनिन्, ‘केहीमा जडान भइरहेको सूचना आएको छ । सबै कार्यालयले अनिवार्य गर्नुपर्नेछ ।’

यस्तै विगतको निर्वाचनमा टेलिफोननै नलाग्ने स्थानीय तहमा यसपटक सीसी क्यामरा जडान गरिने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *